गुगुल्डि वाङमय प्रतिष्ठान तथा पत्रिकाको वार्षिकोत्सव सम्पन्न


लेखक : लेखापढी      २४ असार २०७८, बिहीबार २१:२२ मा प्रकाशित     
गुगुल्डि वाङमय प्रतिष्ठान तथा पत्रिकाको वार्षिकोत्सव सम्पन्न

कञ्चनपुर । असार २४

गुगुल्डि वाङमय प्रतिष्ठानको चौथो स्थापना दिवस तथा डोटेली भाषाको साहित्यिक मासिक पत्रिका गुगुल्डिको २४ औ वार्षिकोत्सव भव्यताकासाथ अनलाइन माध्यमबाट आज असार २४ का दिन सम्पन्न भयो ।

संस्थाका अध्यक्ष वीरबहादुर चन्द विश्रामको अध्यक्षता, डा टि. एन. जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. टेकराज पन्त, डा. पुष्करराज भट्ट तथा योगगुरू लवराज भट्ट बिशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जगदीश ओझाले गर्नुभएको थियो ।

रमेश पन्त मितबन्धु कार्यक्रम संयोजक रहनुभएको कार्यक्रममा लक्ष्मीप्रसाद भट्टले गुगुल्डिको बारेमा प्रकाश पार्नुभएको थियो भने चन्द्रकला पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिष्ठानले यस वर्षका लागि गुगुल्डि न्वाकी मानपानबाट पञ्चमराज भट्ट, ग्वाल्लेक गौरव लच्छु डुणि चन्द स्मृति मानपानबाट भानदेव बडू, मनोहर बसन्ती गजाधर भट्ट स्मृति मानपानबाट तुल्सीप्रसाद पण्डित, कौसल्यादेवी कर्णबहादुर सिंह स्मृति मानपानबाट कर्ण दयाल, मालमहिम रत्ना रामदत्त मानपानबाट सरस्वती भाट धामीलाई सम्मानित गरिएको छ ।

त्यसै गरेर जनार्दन जोशी, ताराप्रसाद श्रेष्ठ, नारा जोशी, कर्ण दयाल, तिलकराज कलौनी, दयाकृष्ण जोशीलाई प्रतिष्ठानको आजिवन सदस्यता प्रदान गरिएको छ ।

कार्यक्रममा योगगुरू लवराज भट्ट, डा. पुष्करराज भट्ट, डा. टेकराज पन्त तथा डा. टिएन जोशीले सुदूरपश्चिमको मातृभाषी साहित्यिक अभियानमा गुगुल्डि वाङमय प्रतिष्ठानको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा कार्यक्रम संयोजक रमेश पन्तले सम्बन्धित सबैप्रति आभार प्रकट गर्दै अगामी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने प्राबिधिक सहयोगका लागि पतञ्जलि योग समिति समेतलाई धन्यवाद दिँदै सभाध्यक्ष चन्दले कार्यक्रम समापन गर्नुभएको थियो । 

विगत २३ वर्षदेखि निरन्तर रुपमा २८५ अंक प्रकाशित भएको गुगुल्डिले हालसम्म ७० जनालाई सम्मान प्रदान गरेको छ भने १२०० भन्दा धेरै लेखकका लेख रचना प्रकाशित भएका छन् । १५० जति समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूका जीवनी (बायोडाटा) प्रकाशित भएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !