एनभीए महासचिब चन्द सेन्ट्रल एसियन भलिबलको कोषाध्यक्ष नियुक्त


लेखक : लेखापढी      २३ असार २०७८, बुधबार ०२:५२ मा प्रकाशित     
एनभीए महासचिब चन्द सेन्ट्रल एसियन भलिबलको कोषाध्यक्ष नियुक्त

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) का महासचिव जितेन्द्र बहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए) को कोषाध्यक्ष नियुक्त भएका छन् । पत्रमा सेन्ट्रल जोनल नेशनल फेडेरेसनहरुको निर्णयले चन्दलाई कोषाध्यक्षमा नियुक्त गरिएको उल्लेख छ ।

महासचिव चन्द आगामी चार वर्षको लागि सीएभीएको कोषाध्यक्ष नियुक्त भएका हुन् ।

सीएभीएका अध्यक्ष मोहमम्द लातिफले एक पत्र पठाउदै चन्दलाई कोषाध्यक्ष चयन गरिएको बताएका छन् ।

100% LikesVS
0% Dislikes