युरोकप : पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै


युरोकप : पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै

१६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) राति हुँदैछ । प्रतियोगिताको सेमिफाइनल खेल आज हुन लागेको हो । 

वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । दुई टोलीबीचबको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै आफूलाई फाइनलमा पुर्याउने योजनामा हुनेछन् । 

सेमिफाइनलका लागि मंगलबार वेम्बलीमा आमनेसामने हुँदा इटाली र स्पेन युरोपियन च्याम्पियनसिपमा लगातार चौथोपल्ट प्रतिस्पर्धा गर्नेछन् । 

यस संस्करणमा इटली र स्पेन अपराजित छन् । अझ इटलीले खेलेका सबै ५ खेल जितेको छ ।

इटालीले सन् २०१२ मा पनि उपाधि जित्ने सुनौलो मौका गुमायो । इटाली फाइनलमा स्पेनसँग पराजित भएको थियो । उक्त संस्करणमा पनि इटाली बलियो टोलीको रुपमा रहेको थियो ।

युरोकप फुटबलको सर्वाधिक सफल टोलीको रुपमा रहेको स्पेन आजको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा छ । स्पेनले तीनपकट युरोकप फुटबलको उपाधि जितेको छ ।