विप्लवका केन्द्रीय सदस्य सहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश


लेखक : लेखापढी      २२ असार २०७८, मंगलवार १९:१६ मा प्रकाशित     
विप्लवका केन्द्रीय सदस्य सहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । 

आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । 
आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेका छन् । 

विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो आदेश दिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सरकारले गरेको सहमति पुरा नभए ठुलो नोक्सान बेहार्नुपर्ने बताएका थिए । 
https://lekhapadhi.com/2021/07/05/biplab-2/ 

50% LikesVS
50% Dislikes
Spread the love !