भिरमा भेटियो सुजिता भण्डारीको शव, हत्या भएको भन्दै राजमार्ग अवरुद्ध


लेखक : लेखापढी      २१ असार २०७८, सोमबार १२:४८ मा प्रकाशित     
भिरमा भेटियो सुजिता भण्डारीको शव, हत्या भएको भन्दै राजमार्ग अवरुद्ध

चितवन —चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव भिरमा फेला परेको छ । ९ दिनदेखि बेपत्ता युवतीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।

राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फेला परेको थियो।

वडा नम्बर ३ का अध्यक्ष राजकुमार उप्रेतीका अनुसार शव पुरानो भइसकेकाले पहिचान गर्न नसकिने अवस्थाको थियो । भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन् । ‘भण्डारीकी दिदी र भाइ आएर हेरेका थिए । लगाएको कपडा र दाँत हेरेपछि शव सुजिताकै भएको उनीहरूले बताएका छन्,’ उप्रेतीले भने ।

50% LikesVS
50% Dislikes