प्रधानमन्त्री ओली र भीम रावलबीच बालुवाटारमा वार्ता


[ss_social_share]
लेखक : लेखापढी      २१ असार २०७८, सोमबार ०३:५६ मा प्रकाशित     
प्रधानमन्त्री ओली र भीम रावलबीच बालुवाटारमा वार्ता

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल पक्षका नेता भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन् । अहिले ओली र रावलबीच वार्ता जारी रहेको रावलका स्वकीय सचिव एकेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार नेता रावल आइतबार राति ९ बजे बालुवाटार प्रवेश गरेका हुन् ।

ओलीले केन्द्रीय समिति बैठकमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका सांसदहरूलाई सोमबार साँझसम्मकाे अल्टिमेटम दिएका छन् । उनले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना सकिने पनि बताएका छन् ।

त्यसअघि सहमति जुटाउन दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् । आइतबार बिहान विष्णु पौडेल लगयातका नेताहरूले नेता नेपाललाई भेटेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •