प्रभादेवी पौडेलका पाँच मुक्तक


[ss_social_share]
लेखक : लेखापढी      २१ असार २०७८, सोमबार १४:१० मा प्रकाशित     
प्रभादेवी पौडेलका पाँच मुक्तक

जानीजानी गरेको त्यो गल्तीलाई कहाँ मिल्छ र लुकाउन ।
तिमी निक्कैनै खप्पिस बनेछौ झरीमा बिस्कुन सुकाउन ।।
अब पाखा लगाएँ भनेर ढुक्क नबने हुन्छ कोहि पनि ।
चिताबाट पनि उठेर आउँछ मान्छे हिसाब चुकाउन ।।

मूल फुटिरह्यो आँसुको, सुकाउन सकेन् ।
घाटा हुने थिएन, तर मन फुकाउन सकेन् ।।
मलाई प्रेमको अर्थ, धोका हो जस्तो लाग्यो ।
मुखले ढाके पनि, आँखाले लुकाउन सकेन् ।।

यसै कारण, विश्वास सबै टुटेर गयो ।
यो जीवन सिसाको रहेछ, फुटेर गयो ।।
बटुवा हुँ भन्यो, दया लागेर बास दिएँ ।
तर आज, आफ्नै इज्जत लुटेर गयो ।।

सुर्य नै चाहिन्छ भन्नु गलत हो, राप भर्न ।
यहाँ मनिसलाई फिटिक्कै डर छैन, पाप गर्न ।।
म दुखेको बेला, स्वार्थको महलम लगाउन ।
आज अर्र्को नमुना आयो, थपथाप गर्न ।।

उजाडिएको मन, गरे नी मिठा बात, आफ्नो लाग्दैन ।
दिएकै हो सिरानी उसले, तर हात आफ्नो लाग्दैन ।।
आत्मियता देख्दिन मैले कुनै, सबै बनावटी लाग्छ ।
दिउँसो जसोतसो बित्छ, तर रात आफ्नो लाग्दैन ।।


प्रभादेवी पौडेल


(प्रभादेवी पौडेलको बसोबास चितवनमा रहेको छ । उहाँ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनु हुन्छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 261
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    261
    Shares