फैसला


[ss_social_share]
लेखक : लेखापढी      २१ असार २०७८, सोमबार १३:५३ मा प्रकाशित     
फैसला

घरको पर्खाल भत्किएर बाटो हिँड्ने क्रममा बटुवाको मृत्यु भयो । बटुवाको आफन्तले घरधनी विरुद्ध क्षतिपूर्ति सहित मुद्दा हाले ।

अदालतले आदेश जारी गर्‍यो – ” त्यो पर्खाल वाला घरधनीलाई तुरुन्तै उपस्थिति गराउनु “

प्रहरीहरूले उसलाई समातेर न्यायाधीश सामु हाजिर गराए,

घरधनीले हात जोड्दै बिन्ती गरे – न्याय पाउँ श्रीमान ! पर्खाल भत्किनुमा मेरो कुनै दोष छैन “

अनि त्यो कसरी भत्कियो त ? न्यायाधीश कड्किए

– “श्रीमान यो सब त्यो पर्खाल लगाउने मिस्त्रीको गल्ती हो “

– ल उसोभए त्यो पर्खाल लगाउने मिस्त्रीलाई तुरुन्तै अदालत सामु हाजिर गराउनु “

आदेश बमोजिम मिस्त्रीको व्यापक खोजी भयो र समातेर अदालतमा न्यायाधीश सामु पेस गरियो ।

न्यायाधीशले कड्किँदै भने –

” ल भन तिमिले किन यति कमजोर पर्खाल लगाएको तिम्रो ठुलो गल्ती भएको छ ज्यान मुद्दामा सजाय भोग्नुपर्छ “

मिस्त्रीले हात जोडेर डराउँदै भन्यो –

प्रभु ! मेरो कुनै दोष छैन जब जब म यो पर्खाल लगाउदै हुन्थे, यही बाटो हुँदै एक सुन्दरी महिला छोटो लुगा लगाएर मिठो गीत गुनगुनाउँदै सधैँ आऊ जाऊ गरिरहन्थिन मेरो ध्यान जहिल्यै त्यतातिर मोडिन्थ्यो उनैले गर्दा मेरो काममा बाध उत्पन्न भएको थियो श्रीमान् !

श्रीमानले केहिबेर सोचेर मुद्दाको अन्तिम फैसला गर्दै आदेश दिए – “त्यो छोटो कपडा लगाउने सुन्दरी महिलाको खोजी गरेर जन्म कैदको सजाय दिनु “


किशन पौडेल
हेटौंडा -४

100% LikesVS
0% Dislikes
Spread the love !
  • 365
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    365
    Shares