कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा नियुक्त


लेखक : लेखापढी      २१ असार २०७८, सोमबार १४:४२ मा प्रकाशित     
कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा नियुक्त

कोकाकोला भारतले नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय पेय पदार्थ ब्रान्ड कोकाकोलाले आफ्नो नयाँ उपाध्यक्ष नियुक्त गरेको हो। कोकाकोलाले राणालाई भारत र दक्षिण-पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

राणासँग सरकार र कर्पोरेट मामिला, रणनीतिक व्यवसाय वकालत, जोखिम व्यवस्थापन, सञ्चार, सीआरएस र दिगोपनमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए । उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए ।

राणाले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई) अध्ययन गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टरडिग्री गरेकी थिइन् । राणा राप्रपा अध्यक्ष मण्डलका नेता पशुपति शमशेर जबराकी छोरी हुन् ।

100% LikesVS
0% Dislikes
Spread the love !