सहमति कार्यान्वयन नभए सरकारले ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी: प्रकाण्ड


लेखक : लेखापढी      २१ असार २०७८, सोमबार ०४:०५ मा प्रकाशित     
सहमति कार्यान्वयन नभए सरकारले ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी: प्रकाण्ड

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरूसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले संसदवादी दलहरूमा देखिएको राजनीतिक संघर्ष, सरकार विरुद्धको संसदीय मोर्चा लगायतले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिएपनि त्यसमा सरकार इमान्दार हुनुपर्ने बताए । उनले सहमति कार्यान्वयन भएन भने त्यसको ठुलाे मूल्य सरकारले चुकाउनुपर्ने बताए ।

“छोड्नु भएन भने पनि हामी आत्तिहाल्नुपर्ने छैन । किन भने यो त राजनीति हो । परिवर्तन, आन्दोलन हो । संघर्ष हो । यसले हामीलाई पनि केही प्रश्न खडा गर्ला । त्योभन्दा ठुलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ । हाम्रा साथीहरू भित्र बस्छन् । तर कुरा त्यो होइन । यसमा फाइदा छैन भनेका छौँ र छिट्टै साथीहरूलाई निकाल्नेतिर र त्यसका निम्ति राजनीतिक र कानुनी प्रक्रिया तीव्रताका साथ अघि बढाउने हामीले भनेका छौँ,” उनले भने ।-१२ खरीबाट 

100% LikesVS
0% Dislikes
Spread the love !