डोनाल्ड ट्रम्पले सार्वजनिक गरे ‘गेट्टर’(GETTR)नामक सामाजिक सञ्जाल, (यसरी गर्नुहोस् डाउनलोड)


लेखक : लेखापढी      २० असार २०७८, आईतवार ०४:५७ मा प्रकाशित     
डोनाल्ड ट्रम्पले सार्वजनिक गरे ‘गेट्टर’(GETTR)नामक सामाजिक सञ्जाल, (यसरी गर्नुहोस् डाउनलोड)

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गेट्टर’(GETTR)नामक सामाजिक सञ्जाल सार्वजनिक गरेका छन् । ट्रम्पले जुलाई एकमा ट्विटर जस्तै सामाजिक सञ्जाल गेट्टर सार्वजनिक गरेका हुन् । 

फेसबुक ट्विटर लगायतका समाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि केही महिना अगाडि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने बताएका थिए । 

यसको लक्ष्य भनेको मान्छेलाई क्यान्सल गर्ने चलन हटाउने, सामान्य ज्ञानलाई प्रोत्साहित गर्ने, बोलाईमा स्वतन्त्रतालाई सुरक्षा दिने, सामाजिक सञ्जालहरुको व्यवसायमा एकाधिकारलाई चुनौति दिने र नौलो विचारहरुलाई प्रवद्धन गर्ने बताइएको छ । 

यो एप अहिले बेटा भर्सनमा रहेको छ र जुलाई ४ मा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । यो प्लेटफर्मको नेतृत्व ट्रम्पका पूर्व प्रवक्ता ज्यासन मिलरले गरेका छन् । 

गेट्टर एप गत जुनकोम मध्यतिर गूगल र एप्पलको एप स्टोरमा लाइभ भएको थियो । प्ले स्टोरबाट एप १ लाख भन्दा बढी डाउनलोड भएको छ । 

एपको नाम गेट्टर ‘गेटिङ टुगेदर’ बाट प्रेरित छ । एपबाट पोस्ट गर्दा ७७७ क्यारेक्टरहरु प्रयोग गर्न सकिन्छ । यसमा तीन मिनेट सम्मको भिडियो पनि हाल्न सकिन्छ र यसमा लाइभ स्ट्रीम पनि होस्ट गर्न सकिन्छ । यसको प्रमुख कार्यालय न्यू योर्कमा रहेको छ ।

गेट्टरमा ट्रम्पका लागि पहिले नै अकाउन्ट सुरक्षित राखिएको बताइएको छ । तर डोनाल्ड ट्रम्पले गेट्टरमा अकाउन्ट बनाउँछन् की बनाउँदैनन् र एपमा कतिको सक्रिय रुपमा सहभागी हुनेछन् भनेर अहिले सम्म कुनै जानकारी आएको छैन् ।

जनवरी ६ देखि फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नो फ्लोअरहरुसँग अन्तरक्रिया गर्ने विभिन्न बाटो खोजिरहेका छन् । 

गेट्टर एप डाउनलोड गर्न एन्ड्रोइड फोनका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएस फोनका लागि यहाँ क्लिक गर्नुहोस् ।-ictsamachar

100% LikesVS
0% Dislikes
Spread the love !