कैलालीमा एमाले नेताको श्रद्धाञ्जली सभा सम्पन्न


लेखक : लेखापढी      २० असार २०७८, आईतवार २०:४२ मा प्रकाशित     
कैलालीमा एमाले नेताको श्रद्धाञ्जली सभा सम्पन्न

कैलाली । असार २०
नेकपा (एमाले) कैलालीका नेता स्वर्गीय शेरबहादुर साउदको श्रद्धाञ्जली सभा जोशीपुरमा सम्पन्न भएको छ । नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सचिवालय सदस्य शेरबहादुर साउदको ४५ औंँ दिनको तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला कमिटीले स्वर्गीय साउदको जोशीपुर गाउँपालिका वडा नं १, राजीपुर स्थित घरमै आइतबार श्रद्धाञ्जली सभा गरेको हो । पार्टीका केन्द्रीय सदस्य गरिमा शाहको प्रमुख आतिथ्यतामा भएको सभाको अध्यक्षता कैलाली जिल्ला अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गरेका थिए ।

श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि शाहले नेकपा एमाले कैलाली जिल्ला सचिवालय सदस्य साउदको निधनले वामपन्थी कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गरिन् । यस्तै सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका दीर्घ सोडारीले विद्र्याथी आन्दोलनदेखि राजनीतिमा क्रियाशील व्यक्ति साउदको निधनले पार्टी पंक्तिलाई स्तब्ध बनाएको बताए । स्वर्गीय साउदको संगठन निर्माणमा पुर्याएको योगदानको चर्चा गर्दै मन्त्री सोडारीले उहाँका गुणबाट प्रेरित हुनुपर्ने बताए ।

सभामा नेकपा एमाले कैलाली जिल्लाका उपाध्यक्ष भैरव रावल, सचिव विमल जोशी, उपससचिव शिवराज विनाडी, दिलबहादुर विक, प्रेमलाल चौधरी, सचिवालय सदस्य गोमा आचार्य, ललित साउद, लालसिंह कठरिया, रामकुमार कठरिया, जोशीपुर गाउँ कमिटी अध्यक्ष ओम विनाडी र रघुनाथ क्याम्पसका स्ववियु सभापति सिद्धराज जोशी लगायतको उपस्थिति रहेको थियो ।

वि.स. २०२८ सालमा अछामको रामारोशनमा जन्मिएका स्वर्गीय साउदको निधन जेठ ७ का दिन भएको थियो ।

100% LikesVS
0% Dislikes