जीवन चुनौतिपूर्ण कामको यात्रा: कविता


लेखक : लेखापढी      १९ असार २०७८, शनिबार १२:२८ मा प्रकाशित     
जीवन चुनौतिपूर्ण कामको यात्रा: कविता

जीवनको पाखामा
उज्याला आँखामा
ज्योतिमर्यी तेज
थपेको छ घामले

काममा रमाउने मान्छे
व्यस्त छु कामसँगै
शीतल
र शान्त
चन्द्रमाको ज्योति
मेरो कर्मक्षेत्रमा

विश्वास गर्छु कर्र्ममा
कसले भन्यो
–जीवन दु:ख हो ?
–दर्द हो ?
–पीडा हो ?
यो यात्रा हो
–कर्मठ बाहुवलको
–रमणीय मनोआकारको
देशका चालकहरू !
मान्छेलाई
विभूषित गर कामबाट
छट्पटिनु पर्दैन् समाजले
नराख वातावरण
बेरोजगारको
कर्म सुम्प गौरवको
त्यसपछि हेर
जीवन
सुखी के हो ?
दुखी के हो ?
चाहनाको सङ्घर्षभित्र
यात्राका
पाइताला
दौडदा कार्यक्षेत्रमा
लक्षका पहाड
फेर्नुको मजा
चुनौतिसँग
पौंठाजोरी खेल्नुको मजा
जीवनमा बाहेक
अन्यत्र
कहाँ पाइन्छ ??


डा. अर्जुनदेव भट्ट


(डा. अर्जुनदेव भट्ट नेपालका प्रसिद्ध चिकित्सक हुनुहुन्छ । उहाँका स्वास्थ्य सम्बन्धित पुस्तक बाहेक कविता काव्य कृतिमा मुटुको धडकन (२०७७, खण्डकाव्य), अविस्मरणीय पलहरू (२०७७, कविता) प्रकाशित भएका छन् ।)

100% LikesVS
0% Dislikes