अल्पविराम पोखरेलीका दुई लघुकथा


लेखक : लेखापढी      १९ असार २०७८, शनिबार १२:३३ मा प्रकाशित     
अल्पविराम पोखरेलीका दुई लघुकथा

कुनै एउटा देशको कथा हो यो । देशको राजनीतिक अवस्था र शिर्षस्थ नेताहरूको नाक देखेर आजित जनताले नाक विश्लेषकलाई सोध्यो

“विश्लेषकज्यू नमस्कार । हजुरसँग नबुझेका केही कुरा सोधौं भनेर दुख दिन आएको ।”
“नमस्कार, नमस्कार । के कुरा हो, सोध्नुस्न ।”

“होइन्, यो राजनीतिक पार्टी र त्यसका शिर्षस्थ नेताहरूको नाक बेलाबेलामा काटिन्छ तर फेरि जस्तोको तस्तै अर्को पलाउँछ । के रहस्य छ यसको विश्लेषकज्यू !”

“तपाईंले रामायणको कथामा दशटाउके रावणको कथा सुन्नुभा’को छ ?”

जनतासामु आफैले बोलेका जे बोल्छ, त्यो नगर्ने, जे गर्छ त्यो नभन्ने, वाचा कसम खाएका कुरा विपरित जाने नेताको नाक पलाउने नाभिस्थानमा किन प्रहार गर्दैनन् त ?

“सुनेको छु । सुनेको छु ।”

“हो, त्यस्तै हो हाम्रो नेताहरूको नाक पनि । एउटा झर्छ, तुरून्तै अर्को पलाउँछ । जबसम्म उनीहरूको नाभिस्थानमा प्रहार हुँदैन तबसम्म उनीहरूको नाक पलाइरहन्छ । बुझ्नुभो जनताज्यू !”

“त्यो त राम्रोसँग बुझें विश्लेषकज्यू ! तर एउटा कुरा अझै बुझ्न सकिएन ।”

“तपाइँले नबुझेको कुरा मैले बुझिसकेको छु जनताज्यू ! त्यो के भने जनतासामु आफैले बोलेका जे बोल्छ, त्यो नगर्ने, जे गर्छ त्यो नभन्ने, वाचा कसम खाएका कुरा विपरित जाने नेताको नाक पलाउने नाभिस्थानमा किन प्रहार गर्दैनन् त ? तपाईँको जिज्ञासा यही होईन त, जनताज्यू !”

“हो हजुर ! हो ।”

”त्यो किनभने सबै कुरा सबै जनतालाई थाहा हुँदैन, एउटा कुरा । जो जसलाई थाहा छ, उनीहरूमा लोभ छ, दोश्रो कुरा । तेश्रो कुरा के भने बारम्बार नाक पलाउने क्षमता भएका ती नेताहरूले आफ्नो नाभि सुरक्षा र अर्थको कारणले शक्तिशाली मित्र देशमा बन्धक राखेका हुन्छन् रे ।”

“रे …….. ! हजुर लाई कसले भन्यो यस्तो कुरा ?” अचम्मित जनताले नाक विश्लेषकलाई सोध्यो ।

“मलाई कलियुगे विभिषणले भनेको ।” विश्लेषकले नाक छाम्दै जवाब दियो ।

“मेरो आमा अकस्मात बिरामी पर्नुभो । आँखाको पछिल्लो भाग दुख्यो, नाकबाट पानी सुलुल्ल बग्या, छाति दुख्यो ।” भन्दै हुनुहुन्थ्यो ।

सुब्वा सरहको जागीरले प्राइभेट अस्पतालको खर्च धान्न सक्ने मेरो औकात थिएन् । मेरो औकात देखेर नै होला, आमाले त्यसो भन्नुभएको ।

“आमा ! प्राइभेट अस्पताल जाऊँ ।” मैले भनेँ । आमा मान्नु भएन । सरकारले जनतालाई दिएको सुविधा उपभोेग गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । सुब्वा सरहको जागीरले प्राइभेट अस्पतालको खर्च धान्न सक्ने मेरो औकात थिएन् । मेरो औकात देखेर नै होला, आमाले त्यसो भन्नुभएको । अधिकृत स्तरको जागीरले पनि यो महंगीमा घरखर्च चलाउनै धौधौ हुन्छ । सुब्बा वा त्यो भन्दा निम्न स्तर कर्मचारीको के कुरा गर्नु र । नेपालमा कर्मचारीकोे तलब कति नै हुन्छ र ?

मैले आमालाई सरकारी अस्पताल लिएर गएँ तर अस्पताल स्वयम् स्लाइन पानी चढाएर आइसियू बेडमा इन्तु न चिन्तु भएर सुतिरहेको थियो । अस्पतालमा सेतो एप्रोन लगाउनेहरूको आन्दोलनले गर्दा अस्तव्यस्त भएको पाएँ । सेवासुविधा वृद्धिको माग राखेर आन्दोलन गरेका रहेछन् । धेरै बेरसम्म पनि डाक्टरले विरामी जाँच गर्न मानेन । उल्टै उहाँहरूको आन्दोलनमा बिरामीले पनि सहयोग गर्नुपर्ने जिकिर थियोे ।

मैले आमालाई भनें “जाऊँ आमा ! प्राइभेट अस्पतालमा । यो सरकारी अस्पतालमा बिरामीको उपचार हुन सक्दैन किनभने अस्पताल आफै सिकिस्त बिरामी छ ।


ल्पविराम पोखरेली


(साहित्यकार अल्पविराम पोखरेली पोखरा निवासी हुनुहुन्छ । लघुकथा प्रतिष्ठान, नेपालका माध्यमबाट लघुकथाको प्रवद्र्धनमा लागिरहनु भएका उहाँ नेपाली साहित्यिक वृत्तमा अत्यन्त सक्रिय हुनुहुन्छ । लघुकथा बाहेक अन्य विधाको विकास एवम् प्रवद्र्धनमा समेत उहाँको महत्वपूर्ण योगदान रहेको छ ।)

100% LikesVS
0% Dislikes