पार्टी एकता गर्ने जिम्मा मलाई दिनुस् – वामदेव गौतम


पार्टी एकता गर्ने जिम्मा मलाई दिनुस् – वामदेव गौतम

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गर्ने जिम्मा आफूलाई दिन आग्रह गरेका छन् । 

“मलाई पार्टी एकता गर्ने जिम्मा दिनुस् । पार्टी एकता गर्छु । वामपन्थी एकता गर्छु । पहिलेकै ठाउँमा फर्काउँछु । निर्णय गर्दा एक्लै गर्ने हो भने कम्युनिस्ट हुँन सकिँदैन”, केन्द्रीय कमिटी बैठकमा उनले भने, “कारबाही गर्ने विषय नल्याउनुस् । यसलाई कारबाही गर्ने उसलाई गर्ने नभन्नुस् ।” 

धैर्यै गरेर पार्टी एकतामा लाग्न उनले एमाले अध्यक्ष केपी ओलीलाई सुझावसमेत दिए । “तपाईं लाग्नुपर्छ । धैर्य गर्नुपर्छ । हुन्छ भने हुन्छ हुन्न भने ठोकिन्छ भनेर हुँदैन । दुईदिनको समय नभनौं । म म तपाईंसँग आइसकेको छु । पार्टी एकता गर्नुपर्छ मेरो सुझाव ग्रहण गर्नुस् ।”