एमाले केन्द्रीय कमिटी बैठक आज: दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता


[ss_social_share]
लेखक : लेखापढी      १८ असार २०७८, शुक्रबार १२:१९ मा प्रकाशित     
एमाले केन्द्रीय कमिटी बैठक आज: दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दैछ  । एमालेको २०७५ जेठ २ गतेको सङ्गठनात्मक हैसियतमा सो बैठक हुन लागेको हो । एमालेभित्रको विवाद समाधानका लागि एमालेको संस्थापन पक्ष एमालेको पूर्ववत् साङ्गठनिक अवस्थामा फर्कन सहमत भएको हो ।

बुधबार बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटीलाई एमालेको पूर्ववत् केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो ।

पार्टीको सो निर्णयपछि एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी तथा पदाधिकारी नै अब पूर्ण रूपमा क्रियाशील हुने भनिए पनि माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमा भाग नलिने अडान राखेका छन् ।

यो बैठक १३औं हुने जनाइएको छ । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्बोधन गरी नेताहरुलाई पठाइएको पत्रमा यो बैठक १३औं बैठक उल्लेख गरिएको हो ।


100% LikesVS
0% Dislikes
Spread the love !
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares