झै झगडा


झै झगडा

अनायास डाक्टर अप्रेसन गर्दागर्दै हातमा कैँची र छुरा लिएर बाहिर निस्केर कराए ।

–“लाै अब आत्मा भड्कियाे ।”

अप्रेसन थिएटरमा आफ्नै काममा तल्लिन नर्स, प्राविधिक एवं एन्स्थेसिष्टहरू राेगीकाे अप्रेसन छाेडेर आत्मा भड्किएकाे हेर्न थाले । उनीहरूले थिएटरमा आत्मा खाेजे । पाएनन् । कराए ।

–“हे भगवान ! भड्किएकाे आत्मालाई सद्बुध्दि देउ !”

भड्किएकाे आत्माले पिङ झैं मच्चिँदै बेसरी करायाे । यताउति दाैड्याे । मच्चियाे । हल्लियाे र थाक्याे ।

–“मलाई च्यूत गर्ने ? भयाे म याे राेगीकाे शरिरमा बस्दिनँ !”

–“हैन प्रभु ! कालाे बाेकाे, हाँस, कुखुरा जे मागिबक्सन्छ त्यही चढाउँछाै । थिएटरकाे शरिरमा बसिदिनु पर्याे ! नत्र पेसेन्टकाे आफन्तले हाम्राे कत्लेआम गर्छन् ।”

एनेस्थेसिष्टले आत्माकाे कमानी घुमाएपछि उ परमात्मा बनेर फेरि देखापर्याे ।

डाक्टर, नर्स र प्राविधिकहरूकाे अनुराेधलाई उसले लत्यायाे र एकाएक अलप भयाे। राेगी दमकाे बेथाले सुस्ताएकाे थियाे । एनेस्थेसिष्टले आत्माकाे कमानी घुमाएपछि उ परमात्मा बनेर फेरि देखापर्याे । उसले अन्तिम इच्छा जाहेर गर्याे ।

–“पुनर्मिलन !”

कुनामा चुच्चे नक्सा थियाे । अर्काे कुनामा चैँ हात उठाइरहेका बुच्चे नेताहरू थिए । उनीहरू परस्पर हेरिरहेका थिए । पागल झैं कराइरहृका थिए ।

–“अन्तर्आत्माकाे आवाज ।”

एकदिन सबैजना अगाडि बसेर भाेज खाए। भाेजमा किडिक्क ढुङ्गा लाग्याे । छाद्न थाले । डाक्टर, प्राविधिकहरू र नर्सहरू फेरि चिच्याउन थाले ।

–“खरानीकाे मात !”

त्यसपछि कसैकाे दाँत रड्कियाे । कसैकाे जिब्राे लर्बरियाे भने कसैकाे ओठ सुक्याे । अप्रेसन थिएटरमा राेगीकाे अस्तिपन्जर मात्र थियाे । सबैले एकस्वरमा फेरि उग्राएर बाेले ।

–“जलनकाे बण्डा सकियाे ।”

खरानीकाे राप भित्रभित्रै पुत्पुताइरहेकाे थियाे । भड्किएकाे आत्मा फेरि चल्मलाइरहेकाे थियाे ।


~डा. विदुर चालिसे


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com