💐आमा 💐


लेखक : लेखापढी      १७ असार २०७८, बिहीबार ११:२९ मा प्रकाशित     
💐आमा 💐
छन्द : उपजाति

आमा धराझैँ अनमोल सारा
आमा लिनेछिन् सब कष्ट भारा
मुमा विना जीव कुनै हुँदैनन्
आमा भए दुःख समाप्त हुन्छन् ।।१।।

आमा कलाकी पथ सिर्जना हुन्
सिकाइ छोड्ने सब तिर्सना हुन्
खोज्दै सुनौला कविता सुनाई
बोकी सधैँ ती पद गुन्गुनाई ।।२।।

बाधा हुँदैनन् जननी समीप
कुना उज्याला नित बल्छ दीप
यी जून जस्तै झलमल्ल बल्ने
रक्षार्थ खट्ने झुटसाथ लड्ने ।।३।।

हुन् उर्वराकी प्रतिमूर्ति आमा
मिलाउँदै बीजन मृत्तिकामा
मौका मिलाई फल अन्न रोप्ने
सारा मुमा पौरख मार्ग रोज्ने ।।४।।

आमा यिनी देव समान हुन्छिन्
आशीष धेरै दिलबाट दिन्छिन्
मुमा सदा भोजन मिष्ट पार्ने
पक्वान्नका सीप सबै निखार्ने ।।५।।

आमासँगैमा पथ बढ्न सक्छु
मुमा सिरानी मदमस्द सुत्छु
कृपा मुमाको नभबाट आओस्
अर्पेँ मुमा सुन्दर भाव छाओस् ।।६।।


मेघनाथ ‘बन्धु’
धनगढी, कैलाली ।

100% LikesVS
0% Dislikes