राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू


राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू

काठमाडौँ- राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू हुने भएको छ।

संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ।

बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सदस्यलगायतको एन्टिजेन्ट परीक्षण बुधबार नै गरिएको थियो।

 

आज बैठकको सुरूमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्।

त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ। 
-सेतोपाटि