पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष जन्मदिनमा औपचारिक कार्यक्रम नगर्ने


[ss_social_share]
लेखक : लेखापढी      १७ असार २०७८, बिहीबार ०७:२४ मा प्रकाशित     
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष जन्मदिनमा औपचारिक कार्यक्रम नगर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने संदेश दिएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले कोरोना भाइरस संक्रमण र बाढी पहिरोले आम नागरिक पीडामा परेका कारण जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाएका छन् ।

शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

पूर्बराजाले  ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ,’  विज्ञप्तिमा भनेका छन् ।
साथै कोरोना संक्रमण हुदा सहयोगी स्वास्थ्यकर्मी एबं शुभेक्छुकहरुकै शुभकामनाले उहाँहरुको स्वास्थ्य सुधार भएको समेत उल्लेख गरेका छन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •