यो कस्तो समय आयो दुरी नै दवाई भयो
आफन्त, छिमेकी नै सबै यहा पराई भयो
उत्तरबिहीन छन थुप्रै यहा सवालहरू
दैबकै लिला हो या मानबकै गराई भयो
छटपटिए मनहरू सधैंभरी बन्द कोठा
गाउँशहर जतासुकै दूर्दिनको बँचाई भयो
जन्मेपछि मर्नैपर्ने शाश्वत सत्य छँदैथियो
लुब्ध शिकारी चाल छ र चेतना नै हराई गयो
चन्द्रमा मा बिजयको यँशपाताका फहराई
एकछत्र राज खोज्ने बिज्ञान नै डराई गयो
रघुविर चन्द
वेदकाेट कञ्चनपुर