आन्तरिक मामिला मन्त्री पूर्णा जोशी कारागार निरिक्षण: क्षमताभन्दा तेब्बर बढी कैदी


लेखक : लेखापढी      १६ असार २०७८, बुधबार १४:३२ मा प्रकाशित     
आन्तरिक मामिला मन्त्री पूर्णा जोशी कारागार निरिक्षण: क्षमताभन्दा तेब्बर बढी कैदी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले जिल्ला कारागार कैलालीको निरिक्षण गरेको छ । जिल्ला कारागार कैलालीको निरिक्षणमा मन्त्री जोशी सहित सांसद तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । 

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको जिल्ला कारागारको मन्त्री जोशी सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमन तथा निरिक्षणका क्रममा कारागारको अवस्था एकदमै नाजुक रहेको मन्त्री जोशीले बताईन् ।

कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको पाईएको उनले बताईन् ।  क्षमताभन्दा तेब्बर बढी कैदी राख्दा उनीहरुले पाउनुपर्ने न्युनतम सुविधासम्म पाएका छैनन् । जिल्ला कारागार कैलालीको पूर्वाधार विकासका लागि प्रदेश सरकारले १० लाख हस्तान्तरण गरेको मन्त्री जोशीले बताईन ।

मन्त्री जोशीले कारागारलाई सुधार गृहका रुपमा परिणत गर्ने कार्यको थालनी गरेको बताइन । आफूले प्रदेशभित्र रहेका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गर्ने जानकारी दिईन् । अहिले ठूला संरचना निर्माण गर्न नसकेपनि भएका संरचना सुधार गर्नु पर्ने कुरामा उनले जोड दिईन् । जिल्ला कारागार कैलालीका जेलर महेन्द्र सिं खड्काले कारागारमा १५० जनाको क्षमता रहेको तर अहिले ४८४ जना कैदीहरु राख्नु पर्ने बाध्यता रहेका जानकारी दिए ।

जसमध्ये ४४५ पुरुष, ३५ महिला र ४ वटा आश्रित बालबालिका रहेका छन । कारागारमा भौतिक संरचना लगायतका समस्या नहुदाँ कैदीहरु कष्टकर जीवन बिताउन बाध्य छन । बजेट अभावले कारागारको स्तरोन्नति हुन नसक्दा कैदीहरु समस्यामा छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !