बस दुर्घटना हुँदा १० जना घाइते


लेखक : लेखापढी      १५ असार २०७८, मंगलवार २२:२९ मा प्रकाशित     
बस दुर्घटना हुँदा १० जना घाइते

नेपालगंज- राप्ती राजमार्गमा यात्रुबाहक बस दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरमा  सल्यानबाट नेपालगन्ज जाँदै गरेको रा १ ख २४३९ न बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ५० जना यात्रु सवार रहेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अङ्कित वली, वडा न २ कै १३ वर्षीय तुलसाराज जिएम, छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, सोही ठाउँका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा न ३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाकी २५ वर्षीया जुनु योगी रहेका छन् । यस्तै बाँके फत्तेपुर ६ का ४ वर्षीया जुनिसा नेपाली, सोही ठाउँका २४ वर्षीया शारदा नेपाली, र तुलसीपुर उपमहानगरपालिका ५ रानीजरा बस्नेत ३१ वर्षीया पार्वती केसी रहेको प्रहरी महेश खड्काले जानकारी दिए ।

घाइतेहरू सबैलाई अञ्चल अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !