गजल: अङकुर चन्द 


गजल: अङकुर चन्द 
घर परिवार सबै जना, छाडी आएको छ,
आफ्नो पसिना बगाउन, खाडी आएको छ !

आमा ! सुरक्षित रहनु, भनी म कसरी भनु,
यो मनको किनार सम्मै बाढी आएको छ !

अहिलेसम्म भोकै बस्दा, हेर्न कोही आएन,
मर्दा लास लैजानलाई हेर! गाडी आएको छ !

सिन्को भाँच्न नसक्ने अनि, ठूला कुरा गर्ने,
अचम्मै भो ! काम गर्न, गफाडी आएको छ !

च्यातिएको फरियामा भीख माग्दैछिन आमा,
प्रेमिकालाई दिनहुँ महँगो, साडी आएको छ !
https://lekhapadhi.com/2021/06/19/micro-story-by-ankur-2/


अङकुर चन्द 
बेदकोट नगरपालिका

कंचनपुर, सुदुरपस्चिम  
(चन्द, बिगत लामो समयदेखि साहित्य क्षेत्रमा रही गित, गजल, लघुकथा लेख्दै आउनुभएको छ । निरन्तर रुपमा साहित्यिक रचना हामीलाई पठाउनु हुने अङ्कुर चन्दमा हार्दिक आभार ब्यक्त गर्दछौ – www.lekhapadhi.com)


इमेल: lekhapadhimedia@gmail.com 
www.lekhapadhi.com