स्वास्थ्य विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


स्वास्थ्य विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं असार १५ ।
नेपाल क्यान्सर सरभाइबर सोसाइटी र ब्लड क्यान्सर सोसाइटी नेपाल तथा विभिन्न संघ संस्थाद्धारा आयोजित कोभिड, क्यान्सर र मानसिक स्वास्थ्य विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भयो ।

२०७८ असार १४ गतेका दिन जुम प्रविधिमा भएको सो कार्यक्रममा अत्यधिक मात्रामा क्यान्सर विजेता लगायत स्वास्थ्यसँग सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थित रहेको थियो । कार्यक्रममा उठेका विभिन्न जिज्ञासाहरुलाई डाक्टरहरुले आआफ्ना विषयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल क्यान्सर सरभाइबर सोसाइटीका अध्यक्ष प्रमिता खनाल र ब्लड क्यान्सर सोसाइटी नेपालको सचिव शोभाले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य संस्थाकी कोषध्यक्ष बिनु के.सी.ले प्रदान गर्दै सरभाइबरहरुलाई सकारात्मक उर्जा दिन कवितासमेत वाचन गर्नुभएको थियो ।

मानसिक रोग विशेषज्ञ डा.सरोजप्रसाद ओझाले कोरोना महामारीले गर्दा अत्यधिक मानसिकहरुमा इन्जाइटी, डिप्रेसन लगायतका मानसिक रोगहरु बढ्दै गैरहेको बताउनुभयो । उहाँले यसप्रकारको समस्याले निद्रा नलाग्ने, भोक नलाग्नेका साथै सुगर, ब्लड प्रेसर, अपाच्य जस्ता रोगहरु बढ्दै गैरहेको बताउनु भयो । सकारात्मक सोच, शारीरिक तथा मानसिक अभ्यासले धेरै हदसम्म कोरोना भाइरसलाई पराजित गर्न सकिने विचार राख्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै कोरोना रोग विशेषज्ञ डा.राजु पंगेनीले कोरोना लागेको पहिलो हप्तामा भाइरसहरू अत्यधिक रुपमा बढ्दै जाने र दोश्रो हप्तामा ती भाइरसहरुसंग संघर्ष गर्न हाम्रो शरीरभित्र केमिकलहरू सक्रिय हुन थाल्ने’ बताउँदै ‘यो प्रक्रियामा हाम्रो फोक्सो, कलेजो कमजोर हुँदै जान्छ बताउनु भयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले अहिलेसम्मको कोरोना महामारीमा निकै थोरै मात्रामा नै क्यान्सरका बिरामीहरु प्रभावित भएको बताउनु भयो । उहाँले क्यान्सर बिरामीहरू छिटै निको भएको हुँदा, यो रोगबाट आक्रान्त नहुन वहाँले अनुरोध गर्नुभएको थियो । सरभाइबरहरुले आफ्नो जीवनशैली परिवर्तन तथा स्वास्थ्यबारेमा सचेत भएकाले नै यसरी सफल हुन सकेको डाक्टर अरुणको तर्क थियो ।

मनोपरामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व कपिल शर्माले भ्रमपुर्ण समाचारहरुले मानसिक स्वास्थ्यको क्षेत्रमा नकारात्मक असर परेको बताउनु भयो । दिनभरिका राम्रा समाचारहरू संकलन गर्दैै आफै सकारात्मक सोचाई निर्माण गर्न समेत आग्रह गर्नुभयो ।