सरकारको अवज्ञा: असार १८ गतेदेखि देशैभर सार्वजनिक यातायात चलाउने घोषणा


लेखक : लेखापढी      १५ असार २०७८, मंगलवार ००:४८ मा प्रकाशित     
सरकारको अवज्ञा: असार १८ गतेदेखि देशैभर सार्वजनिक यातायात चलाउने घोषणा

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले असार १८ गतेदेखि देशभर सबै प्रकारका सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेका छन् । 

सोमबार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले मंगलबारदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिनगरी निर्णय गरेको थिए । 

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भने असार १८ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर देशैभर सबै सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेका हुन् ।

यातायात व्यवसायीहरूले जोरबिजोर प्रणाली लागु नगरेर सबै प्रकारका सार्वजनिक यातायात चल्न दिनुपर्ने बताउँदै आएका थिए । 

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •