डिआइजी सहकुल थापा नेपाल प्रहरीको एआइजीमा बढुवा


[ss_social_share]
लेखक : लेखापढी      १५ असार २०७८, मंगलवार ०१:४८ मा प्रकाशित     
डिआइजी सहकुल थापा नेपाल प्रहरीको एआइजीमा बढुवा

काठमाडौँ- मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई एआइजी बढुवा गरेको हो।

गृह मन्त्रालयले सोमबार राति बढुवा सूची निकाल्दै प्रहरी नायब महानिरीक्षक थापालाई एआइजी बढुवा गरेको जनाएको छ।

मन्त्रिपरिषदले बढुवा सिफारिस गरेसँगै एक साताको समय दाबी विरोध रहन्छ।

दाबी विरोधको समय सकिएपछि औपचारिक रूपमा बढुवा स्वीकृत हुन्छ र प्रहरी महानिरीक्षकले दर्ज्यानी चिन्ह प्रदान गर्दछन्।

मन्त्रिपरिषदले सिफारिस गरेको सूचीमा हालसम्म दाबी विरोध भएको घटना दुर्लभ छ।

थापा भर्खरै केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी प्रधान कार्यालय सरूवा भएका थिए।

हालैको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थपेको थियो।

दाबी विरोधको समय सकिएपछि औपचारिक रूपमा बढुवा स्वीकृत हुन्छ र प्रहरी महानिरीक्षकले दर्ज्यानी चिन्ह प्रदान गर्दछन्।

मन्त्रिपरिषदले सिफारिस गरेको सूचीमा हालसम्म दाबी विरोध भएको घटना दुर्लभ छ।

थापा भर्खरै केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी प्रधान कार्यालय सरूवा भएका थिए।

हालैको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थपेको थियो।

हाल नेपाल प्रहरीमा चार जना एआइजीको दरबन्दी थियो। थपिएको दरबन्दीसँगै अब नेपाल प्रहरीमा पाँच जना एआइजी हुनेछन्।

गत साल नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजी दरबन्दी बढाउने निर्णय भएको थियो।

नयाँ ओएन्डएम नभइकनै अहिले नेपाल प्रहरीमा एआइजी दरबन्दी बढाइएको उच्च स्रोतले बतायो।

सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने न्यूनतम् कानुनी मान्यता हो।

तर, राजनीतिक चलखेलबीच नयाँ ओएन्डएम नहुँदै दरबन्दी संख्या बढाउने निर्णय भएको स्रोतले बतायो।

नेपाल प्रहरीमा चार जना एआइजीहरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका तीन एआइजी पाल, शाही र कार्की सेवाअवधिका कारण थापासँगै एक वर्षपछि रिटायर्ड हुँदैछन्।

उनीहरू रिटायर्ड हुँदा एआइजी पोखरेल प्रहरी महानिरीक्षकको एकल दाबेदार हुन्थे।

गत वर्ष थपिएको एआइजी दरबन्दीमा विश्वराज पोखरेल बढुवा भएका थिए। प्रतिस्पर्धी ब्याचबाट उनी एक्लै एआइजी भएपछि प्रहरी संगठनमा असन्तुष्टि बढेको थियो।

अन्यथा नभए पोखरेल क्षेत्रीपछि स्वत: प्रहरी महानिरीक्षकको कुर्सीमा हुनेछन्। तर, हाल कायम भएको एआइजी दरबन्दीपछि भने पोखरेललाई चुनौती थपिएको छ।

स्वीकृत भएको एआइजी दरबन्दीमा डिआइजी थापा बढुवा भएसँगै पोखरेलसँग प्रहरी महानिरीक्षकको कुर्सीमा प्रतिस्पर्धा हुनेछ।

थापा अपराध अनुसन्धानमा दख्खल राख्ने प्रहरी अधिकारी हुन्। प्रहरी उपरीक्षक हुँदा चितवन जिल्ला प्रहरी सम्हाल्दै अपराध महाशाखा र एसएसपी बढुवा भएपछि अपराध महाशाखाको प्रमुख हुँदै डिआइजी भएपछि उनी केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका थिए।

हाल कार्य र अपराध अनुसन्धान विभाग एकै एआइजीले हेरिरहेका थिए। एआइजी दरबन्दी स्वीकृत भइसँगै कार्य र अपराध अनुसन्धान विभागलाई अलग्याइएको गृह स्रोतले जानकारी दियो। 

थपिएको एआइजी दरबन्दीमा थापासँगै डिआइजी धीरजप्रताप सिंह पनि प्रतिस्पर्धामा थिए। 


-setopati

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •