निषेधाज्ञा थप खुकुलो, २५ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधन जोर-बिजोरमा चल्न पाउने


लेखक : लेखापढी      १४ असार २०७८, सोमबार १४:०१ मा प्रकाशित     
निषेधाज्ञा थप खुकुलो, २५ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधन जोर-बिजोरमा चल्न पाउने

आज रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप र काठमाडौ उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ ।

उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । साथै बसमा सेनिटाइजर अनिवार्य राख्नुपर्नेछ भने सिटमा यात्रुको दूरी राख्नुपर्नेछ । आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । 

काठमाडौंका प्रजिअद्वारा जारी आदेशमा भनिएको छ, ‘काठमाडौं उपत्यकाभित्र मात्र सञ्‍चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्‍ चालन गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्‍चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी) बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने सार्वजनिक सवारी साधन बिहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म मात्र सञ्‍चालन गर्ने ।’

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पुसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको हो ।

त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •