हिमाली पर्यावरणले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्छ : प्रधानसेनापति थापा


लेखक : लेखापढी      १३ असार २०७८, आईतवार २३:२५ मा प्रकाशित     
हिमाली पर्यावरणले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्छ : प्रधानसेनापति थापा

काठमाडौँ । हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू विषयक दुई दिने वेबिनारको भर्चुअलमाध्यममा आजबाट सुरु भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित कार्यक्रमलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । उनका अनुसार हिमाली पर्यावरण, पर्यटन तथा यसका विविध पक्षहरूले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यस क्षेत्रको सुरक्षा र व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच आपसी समन्वय र सहकार्यको टड्कारो आवश्यकता देखिएको छ । “यस क्षेत्रको वातावरणीय महत्व हाम्रा लागि मात्र नभई समग्र विश्वका लागि पनि अत्यन्तै विशेष रहेको छ,” उनले भने । 

राष्ट्रिय सुरक्षा नीति, २०७५ को एकीकृत कार्ययोजना कार्यान्वयन सन्दर्भमा राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको नेपालको हिमाली पर्यावरण, पर्वतारोहण सम्बन्धी सुरक्षा, पर्यटकीय क्षेत्रमा हुने गतिविधिहरूमाथि नियमन तथा राष्ट्रिय निकुञ्‍ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणहरूको प्रयोग जस्ता विषयहरू उक्त वेबिनारमा छलफल गर्ने कार्यक्रम रहेको जंगी अड्डाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । वेबिनार साेमबार सकिँदैछ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •