पाँच मन्त्रालय एक मन्त्रीले सम्हाल्दा तलब भत्ता कति हुने ?


[ss_social_share]
लेखक : लेखापढी      १३ असार २०७८, आईतवार १५:५९ मा प्रकाशित     
पाँच मन्त्रालय एक मन्त्रीले सम्हाल्दा तलब भत्ता कति हुने ?

काठमाडौँ- महिना दिन नपुग्दै सर्वोच्च अदालतको आदेशका कारण पदमुक्त भएका २० मन्त्रीहरूमध्ये केहीले १८ दिन काम गरेका थिए भने केहीले १२ दिन मात्रै काम गरेका थिए ।  हाल मन्त्रिहरु नहुदा एउटा मन्त्रीले ५ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनीहरूको तलब भत्ताको व्यवस्था कस्तो होला ? आम रूपमा जिज्ञासा प्रकट हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मासिक पारिश्रमिक ७७ हजार २ सय ८० रुपैयाँ छ । उनले गत वर्षदेखि नै आफ्नो सम्पूर्ण तलब कोभिड कोषमा दाखिला गर्ने गरेको प्रधानमन्त्री कार्यालयले रातोपाटीलाई जानकारी दियो ।

उपप्रधानमन्त्रीको मासिक तलब पनि ७७ हजार रुपैयाँ रहेको छ । यस्तै सरकारका मन्त्रीहरूको मासिक तलब ७० हजार रुपैयाँ रहेको छ । यो अन्य इन्धन, सञ्चार, अतिथि सत्कार भत्ता बाहेकको रकम हो ।

अहिले एउटा मन्त्रीले ५ वटा मन्त्रालय सम्हाले पनि उनीहरूले अतिरिक्त सुविधा भने पाउँदैनन् ।   मन्त्रीको सचिवालयमा ७ जना भन्दा बढी नहुने मन्त्रालयका एक सचिवले बताए । थप मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीले थप सुविधा पाउने व्यवस्था नरहेको उनले बताए । कोरोना सङ्क्रमण सुरु भएपछि अर्थमन्त्रालयले आर्थिक मितव्ययिता अपनाउने नीति लिएका कारण अहिले बैठक भत्तामा पनि कटौती भएको छ ।

उनले भने, ‘मन्त्रीहरूले जतिवटा मन्त्रालयको जिम्मेवारी पाए पनि तलब भत्ता एउटा मन्त्रालयबाट जति पाइरहेका छन्, त्यति नै पाउँछन्, त्यसभन्दा बढी पाउँदैनन् । एउटा मन्त्रीको सचिवालयमा रहेका ७ जना कर्मचारी हुन्छन् । उनीहरू मध्ये कसैले कुनै मन्त्रालयको गाडी अनधिकृत रूपमा सुविधामा लिन सक्छन् । मन्त्रीका स्वकीय सचिवालयका मान्छे, उनका आफन्तले चढ्न सक्छन् तर अतिरिक्त सुविधा एक सुका पनि पाउँदैनन् ।’

एउटै मन्त्रीले ५ वटा मन्त्रालय सम्हाल्दा आर्थिक मितव्ययी हुने देखिए पनि मन्त्रीको कार्यक्षमतामा भने ह्रास आउने एक पूर्वमन्त्रीले बताए । एउटा मन्त्रीलाई आफ्नै मन्त्रालयको सबै काममा ध्यान दिन समय नपुग्ने बताउँदै उनले ५ वटा मन्त्रालयको काम गर्न सम्भव नभएको बताए ।

दह्रो विभागीय मन्त्री नभएपछि मन्त्रालयको काम कारबाहीमा कर्मचारीतन्त्र हाबी हुने उनको भनाइ छ । https://lekhapadhi.com/2021/06/24/news-467/

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •