लकडाउन ‘स्मार्ट’ बनाउने तयारी, सार्वजनिक सवारी सञ्चालन हुन सक्ने


लेखक : लेखापढी      १३ असार २०७८, आईतवार १६:५८ मा प्रकाशित     
लकडाउन ‘स्मार्ट’ बनाउने तयारी, सार्वजनिक सवारी सञ्चालन हुन सक्ने

काठमाडौँ- हाल कोरोना संक्रमणमा केहि कमि देखिएको र निषेधाज्ञा केहि खुकुलो बनाउदै लागिरहेको अबस्था छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने तयारी गरिएको छ ।

यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बसिरहेको छ । बैठकमा अहिले भइरहेको निषेधाज्ञालाई जारी राख्ने वा अलि खुकुलो बनाएर जाने भन्ने बारेमा छलफल केन्द्रीत रहेको छ ।

निषेधाज्ञालाई अलि खुकुलो बनाएर जाँदा सार्वजनिक सवारी साधन गर्नेसम्मको निर्णय हुनसक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कोरोना संक्रमणदर कम भएपछि सरकारले जारी निषेधाज्ञालाई सहज बनाउँदै लगेको छ । संक्रमणदर उच्च भएपछि गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका ३ जिल्लाबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •