माधव पोखरेल ‘गोज्याङ्ग्रे’का तीन लघुकथा


माधव पोखरेल ‘गोज्याङ्ग्रे’का तीन लघुकथा

हँसिया हतौडा

गाउँमा प्रायः सबै मजदूरको कथाव्यथाप्रति चेतनाले खारिएका छन । गाउँमा कोही कृषि मजदूर छन्, कोही निर्माण मजदूर छन् । कोही सिकर्मी त कोही डकर्मी । कोही जातीय पेशाका छन् ।

बखतमान कृषि मजदुरी गर्छ । दिनहुँ हसियाँ खुर्पा लिएर ऊ काममा निस्कन्छ । काम गर्दा उसको हातमा चोटैचोट हुन्छ र उपचार गर्दाको सास्ती हुन्छ । यो पेशाले उसलाई वाक्कदिक्क लाग्छ ।

केशरमान निर्माण व्यवसायमा संलग्न छ । दिनहुँ घन चलाउँछ । घनले उसको खुट्टामा कैयौँ चोट लागे पनि सहेर साँझ बिह।नको छाक टार्न बाध्य भएर यो काम गर्नुपरेको छ किनभने निर्माण व्यवसायमा ऊ दक्ष मानिन्छ ।

हसियाँ हतौडालाई जीवन ठान्ने यी दुवैका लागि अहिले आएर मिथ्या लागेको छ । एकातिर शारीरिक कष्ट अर्कोतिर घरको आर्थिक, सामाजिक र शैक्षिक अवस्थामा कुनै परिवर्तन आएन् ।

बखतमान र केशरमान समाजका उदाहरण भए । आफुले गरिआएको पेशाबाट पीडित यस्ता कति छन् त्यसको लेखाजोखा नै छैन । हसियाँ हतौडालाई जीवन ठान्ने यी दुवैका लागि अहिले आएर मिथ्या लागेको छ । एकातिर शारीरिक कष्ट अर्कोतिर घरको आर्थिक, सामाजिक र शैक्षिक अवस्थामा कुनै परिवर्तन आएन् । जसकोमा काम ग¥यो, उसले कुनै न कुनै हिसाबले श्रम शोषण गर्न छाडेको छैन । न उचित ज्याला पाएका छन । बिरामी हुँदा न समयमा उपचार पाएका न खान नै पाएका छन् ।

केशरमानले भन्यो ‘हामी जस्ताको मुक्तिकालागि हामीले हँसिया हतौडामा मत हाल्यौ तर हामी झन तल झर्दै छौँ ।’

बखतमानले केशरमानको कुरामा सही थाप्यो ‘हो नि दाइ अब यो पेशा त्यागेर अरु नै पेशा अपनाऔ ।’

भोलि पल्टदेखि दुवैले हँसिया हतौडा त्यागे र अन्य पेशामा लागेपछि जीवनस्तर सुध्रिदै गएको छ ।

घाम

‘यो घाम पनि कस्तो चर्को लागेको हो ? केही काम नै गर्न नसकिने भयो घामले गर्दा ।’ खेतमा कोदाली चलाउँदै गरेको राममान असिनपसिन भएर पसिना पुछ्दै आलीमा बस्छ ।

जोत्दै गरेको शरणसिंह पनि घामबाट असिनपसिन भएको छ तर पहिलेको दुःखपछिको सुख भन्ने उखान सम्झेर जोतिरहन्छ र भन्छ ‘राममान दाइ ! अहिले दुःख गरेर काम ग¥यो भनेपछि सुखले बस्न पाइन्छ, के घामलाई दोष दिएको । घाम त हरेक दृष्टिले हामी बाँच्ने आधार हो ।’

राममान शोभित सिंहको कुरामा कुनै जवाफ नदिइकन सोच्न थाल्छ । आफनो गाउँमा भएको चुनावमा मत हालेको सम्झन्छ । समाजमा हुने सामाजिक, आर्थिक, सांस्कृतिक वा जुनसुकै कार्यक्रम वा काममा खटने साथीहरुको बारेमा सोच्छ । घामले आफुलाई गरेको फाइदा र बेफाइदाका बारेमा सोच्छ । सबैतिरबाट उसले घामलाई नियाल्छ र सम्झन्छ देश नै घाममय भएको कुरा ।
शोभित सिंह बेलाबेलामा हँसी मजाक र रमाइलो गर्न रुचाउँछ । राममानले भन्दा दुईचार जोर भोटो बढी फटाएको छ उसले । घामका बारेमा उसले चुनाव ताका गीत नै बनाएर गाउँ गाउँ घुमेको थियो ।

घाम जीवन हो पानी छायाँ हो । घामपानी छैन भने पृथ्वीका कुनै पनि प्राणी रहन सक्दैनन् । रुख, बिरुवा, अन्नबाली लगायतका वनस्पति, किटपतङको अस्तित्व नै समाप्त भएर जान्छ ।’

गाउँमा भन्ने गथ्र्यो शोभित सिंह ‘घाम जीवन हो पानी छायाँ हो । घामपानी छैन भने पृथ्वीका कुनै पनि प्राणी रहन सक्दैनन् । रुख, बिरुवा, अन्नबाली लगायतका वनस्पति, किटपतङको अस्तित्व नै समाप्त भएर जान्छ ।’ कुनै दिन राममानले यो कुरा शोभितकै मुखबाट सुनेको थियो र फेरी सम्झन्छ ।

घामपानी कृषिका लागि आवश्यक ठान्छ र उठेर कोदालो समातेर खेतमा जान्छ राममान । वर्षभरिको लागि खाने बाली लगाउँछ । घामपानी दुबैको सहयोगले अहिले रमाउँदै घरमा बसेर पसिनाको स्वाद चाखिरहेको छ ।

रुख

बृष बहादुरको घर अघि झ्याम्म परेको एउटा रुख थियो । रुखदेखि ऊ वाक्कदिक्क भएको थियो । त्यो रुखको न फल खान मिल्थ्यो न त्यसको हाँगाबाट कुनै काम नै लिन सकिन्थ्यो । जाडोको समयमा घाम छेल्थ्यो भने गर्मीका समयमा चराचुरुङ्गीले कराएर, माथिबाट बिष्ट्याएर, छहारीमा बस्न आउनेहरू दिक्क हुन्थे । कहिले हाँगा भाँचिएर छहारीमा बसेका मानिसको टाउकोमा लाग्थ्यो र उपचार गराउँदाको सास्ती हुन्थ्यो । कहिले रुखमा सर्प बस्थ्यो र सबै डरले त्राहीमाम हुन्थे । किरा खान पनि हरेक प्रकारका सर्पहरू रुखको टोडकामा आएर बस्थे ।

उसका परिवारले रुखका कारण घरआँगन साह्रै फोहर भएको गुनासो गरेका थिए । जति सफा गरेपनि घर आँगनको फोहर कहिल्यै सफा नहुने भएकोले काट्ने निर्णय ग¥यो र काट्यो ।

रुख काटेपछि घर अगाडि खुल्ला देखियो र घरआँगन पनि सफा हुन थाल्यो । रुख भएको केही भागमा तरकारी र केही ठाउँमा अहिले फूलको बोट लगाएको छ । घरमा पसल पनि राखेको छ, रुख काटेपछि । ठाउँ पहिलेको भन्दा सुन्दर पनि देखिएको छ । फूलको शोभाका कारण दिनहुँ सेल्फी फोटो खिच्न आउनेको र घुम्न आउनेको भिड लागेको छ । फोटो खिच्नेहरुबाट उठेको शुल्कले घरमा खर्च चलेको छ भने अर्कोतिर हिउँदका महिनामा पारिलो घाम ताप्न गाउँका सबै त्यही भेला भएका छन ।

रुख काटेपछि धेरै कुरामा प्रगति भएको छ । ऊ सम्झन्छ, चुनावका बेला यही रुखमा भोट दिएको थिए तर यो बुढो रुखले केही फाइदा दिएन घाटा मात्र व्यहोर्नु प¥यो । अहिले रुख काटेपछि चिन्तामुक्त भएर आनन्दले शरीरमा पारिलो घाम पारेर स्फुर्तिका साथ दिन काटिरहेको छ ।


माधव पोखरेल ‘गोज्याङ्ग्रे’


(माधव पोखरेल ‘गोज्याङ्ग्रे’को मूल घर उदयपुर हो । उहाँले निबन्ध, कथा लगाययत नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएको पाइन्छ । यसपटक हामीले उहाँका तीन लघुकथा प्रस्तुत गरेका छौं ।)