गजल : रघुविर चन्द


[ss_social_share]
लेखक : लेखापढी      १२ असार २०७८, शनिबार १७:२२ मा प्रकाशित     
गजल : रघुविर चन्द

आफुभित्र आफैंलाई खोज्न अब बिर्सिसके
जलनका हर्कतले जीवनदेखि तर्सिसके

मिलनका मीठा-मीठा सपनाहरू संगालेर
ब्यर्थै कुरे दोबाटोमा आँखा यहाँ झर्किसके

बिडम्बना, बेथिति चुम्बक झैं टाँसीदिदा
अँधियारो बस्ती भित्रै बस्ने बानी परिसके छैन

अब केही बाँकी भा’को सबै रित्तियो र !
साउनको भेल सरह आँसु सबै बर्सिसके

सुन्यताको खोल ओडी चारैतिर बरालिदै
बर्कतले भ्याएजति सबैयहाँ पर्खिसके


रघुविर चन्द
वेदकाेट, कञ्चनपुर

100% LikesVS
0% Dislikes
Spread the love !
  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares