भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाइने


[ss_social_share]
लेखक : लेखापढी      ११ असार २०७८, शुक्रबार १५:०३ मा प्रकाशित     
भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाइने

काठमाडौँ- कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने हुन्छ ।

यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares