जीवन विकास लघुवित्तको आइपीओ आजबाट बिक्री खुला


लेखक : लेखापढी      ११ असार २०७८, शुक्रबार १४:३८ मा प्रकाशित     
जीवन विकास लघुवित्तको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं। जीवन विकास लघुवित्तले आज शुक्रबार (असार ११ गते) बाट आइपीओ (ipo) बिक्री खुला गरेको छ । संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

जीवन विकासले १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ बिक्री गर्नेछ । यसमध्ये ० दशमलव ५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ । त्यस समयमा सबै बिक्री नभएमा असार २५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । सी-आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जीवन विकास लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।  संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । यो रेटिङ आगामी फागुन १६ गतेसम्म बहाल रहनेछ ।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्ने परेको जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares