मेयर विद्यासुन्दरको कार्यकाल कार्यकाल सकिदै: मेट्रो रेल र मोनोरेल किन गुडेन?


लेखक : लेखापढी      १० असार २०७८, बिहीबार १५:३७ मा प्रकाशित     
मेयर विद्यासुन्दरको कार्यकाल कार्यकाल सकिदै: मेट्रो रेल र मोनोरेल किन गुडेन?

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । उक्त प्रतिबद्धता गरेको  चार वर्ष बितिसकेको छ ।

बजेटमार्फत महानगरनगरवासीलाई स्मार्ट सिटीको सपनासँगै मोनो रेल र मेट्रो रेलसम्मको सपना बाँढेको महानगरले धेरैै आयोजनाहरु अधुरै राखेको छ । मेट्रो रेललाई जोडतोडले उठाएको महानगरले आफ्नो नीति तथा कार्यक्रमको बुँदा नम्बर १७२ मा यसबारे उल्लेख गर्दै भनेको थियो, ‘काठमाडौं उपत्यकाको शहरी यातायात व्यवस्थापनलाई सुव्यवस्थित गर्न ई–बीआरटी तथा मेट्रो रेलको सम्भाव्यता अध्ययन यसै वर्ष सुरु गरिनेछ ।

पार्टीको घोषणापत्रमा मोनो रेल र मेट्रो रेलको सपना बाँडेका मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटी नै बनाउने घोषणा गरेका थिए । जुन चालु आर्थिक वर्ष २०७७/७८ को महानगरको नीति तथा कार्यक्रमा समेत समेटिएको छ । सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्ष भित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउने बताइएको थियो । तर, सो प्रतिवेदन हालसम्म पनि बुझाइएको छैन ।

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •