जातीय विभेदविरुद्ध प्रदर्शन गर्दै माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन


[ss_social_share]
लेखक : लेखापढी      १० असार २०७८, बिहीबार २१:०४ मा प्रकाशित     
जातीय विभेदविरुद्ध प्रदर्शन गर्दै माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन

काठमाडौँ- नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला पनि दहन गरेका छन् । प्रहरीले पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो ।

दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधान थरकी एक महिलाले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् । रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् । पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि मन्त्री श्रेष्ठको चर्को आलोचना सुरु भएको छ ।

‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका थिए । संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •