पेट्राेलियम पदार्थकाे पुनः मूल्य वृद्धि


लेखक : लेखापढी      १० असार २०७८, बिहीबार ०१:०५ मा प्रकाशित     
पेट्राेलियम पदार्थकाे पुनः मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।

नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ ।

यस्तै अन्तरास्ट्रिय हवाइ इन्धनको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर २० डलरले बढेर ७३५ डलर पुगेको छ ।

नेपाल आयल निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर २ रुपैयाँकाे दरले बढाएकाे थियाे ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •