राष्ट्रपतिभन्दा त राजा-महाराजाहरूकै शान थियो : प्रचण्ड


[ss_social_share]
लेखक : लेखापढी      १० असार २०७८, बिहीबार १८:०१ मा प्रकाशित     
राष्ट्रपतिभन्दा त राजा-महाराजाहरूकै शान थियो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिभन्दा राजा-महाराजाहरूको शान बढी भएको टिप्पणी गरेका छन् । आज सम्पादकहरूसँगको छलफलका क्रममा उनले निर्वाचन आयोग संवैधानिक निकाय कमजोर भएको बताए । 

“हुँदाहुँदा राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संरक्षक भनेर अझ महिला अघि सारेको त हेर्नुस् राष्ट्रपति कस्तो भयो । अहिले राष्ट्रपति भन्ने संस्था त यति … । यो भन्दा त राजाहरू हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन । कस्तो भयो । हामीले बनाएको संस्था, ” उनले भने । प्रचण्ड बिगत लामो समय देखि ओली संग राजनैतिक बिचलन रुमल्लिएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •