ओली नेतृत्वको सरकार चार मन्त्रीमा खुम्चियो, हेर्नुहोस कुन मन्त्रीको भाग कति मन्त्रालय ?


लेखक : लेखापढी      १० असार २०७८, बिहीबार १७:४८ मा प्रकाशित     
ओली नेतृत्वको सरकार चार मन्त्रीमा खुम्चियो, हेर्नुहोस कुन मन्त्रीको भाग कति मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । उनले बिहीबार सरकारमा रहेका चार मन्त्रीहरूलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्रमन्त्रालय आफैँसँग राखेका छन् । 

हेर्नुस कुन मन्त्रालय कसले पायो:

१- विष्णुप्रसाद पौडेल- अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति,ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृहको जिम्मेवारी दिइएको छ ।

२- कृष्णगोपाल श्रेष्ठ- वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेका छन् । 

३- बसन्तकुमार नेम्वाङ-  कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात थपिएका छन् । 

४- लिलानाथ श्रेष्ठ- भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि ओली नेतृत्वको सरकार चार मन्त्रीमा खुम्चिएको हो । 
No description available.

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •