चार्टर्ड उडानमा बढी भाडा तिरेकाहरुले प्रमाणका लागि सरकारलाई टिकट उपलब्ध गराउन आग्रह


लेखक : लेखापढी      ९ असार २०७८, बुधबार १८:०४ मा प्रकाशित     
चार्टर्ड उडानमा बढी भाडा तिरेकाहरुले प्रमाणका लागि सरकारलाई टिकट उपलब्ध गराउन आग्रह

काठमाडौं । अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा बढी भाडा तिरेर यात्रा गरेको जनगुनासो सरकारले सम्बोधन गर्ने भएको छ । त्यसको प्रमाणका रुपमा यात्रुहरुलाई टिकट उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ ।

चार्टर्ड उडानको नाममा बढी भाडा उठाइएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । बढी भाडा तिरेर यात्रा गरेको भए त्यसको प्रमाण छानबिन समितिलाई उपलब्ध गराइदिन आग्रह गरिएको हो ।

छानबिन समितिले सूचना प्रकाशित गर्दै २०७८ वैशाख २४ गतेदेखि अहिलेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट यात्रा गरेका र महँगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाण (टिकट) उपलब्ध गराउन आग्रह गरेको छ ।

यसरि प्रमाण उपलब्ध गराउने उजुरीकर्ताको व्यक्तिगत पहिचान तथा अन्य विवरण गोप्य राखिने पनि जनाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •