असार १७ गतेदेखि आन्तरिक उडान १० देखि अन्तरास्ट्रिय उडान हुने


असार १७ गतेदेखि आन्तरिक उडान १० देखि अन्तरास्ट्रिय उडान हुने

काठमाडौं । आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गरिने छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो । विमान कम्पनीहरूले सत प्रतिशत अकुपेन्सीमा यात्रु उडान सक्छन् ।

अन्तरास्ट्रिय उडानका लागि मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले २४, २७ र २९ जुनमा दोहा, २५ जुनमा जापान, २८ र ३० जुनमा दुबई उडान गर्नेछ ।

विदेशी एयरलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाइ दुबई, सलाम र एयर अरेवियालाई पनि उडान अनुमती दिएको छ । एयर इन्डियाले जुन २५ उडान गर्ने छ ।
मन्त्रालयले हिमालय एयरलाइन्सलाई दुबई, क्वालालम्पुर, दमामका लागि उडान संचालन गर्न अनुमती दिएको छ ।