युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा कसरि पुगिन दक्षिणकाली ? मृतावस्थामा फेला परिन !


लेखक : लेखापढी      ९ असार २०७८, बुधबार १४:३५ मा प्रकाशित     
युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा कसरि पुगिन दक्षिणकाली ?  मृतावस्थामा फेला परिन !

काठमाडौँ- विभिन्न चरा तथा पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा आइतबारदेखि नै हराएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको हो ।

करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीलाई बताएका थिए ।​ सन्तोषीसहित धनबहादुरको परिवार कालोपुलस्थित टहरामा बस्दै आएको थियो ।
तर कालोपुल बस्ने सन्तोषी कसरी दक्षिणकाली पुगिन्, उनलाई कसले त्यहाँ पुर्यायो र हत्या गर्यो, सो सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।
सन्तोषी सुब्बाको शव मंगलबार बिहान दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा भेटिएको थियो । अनुहारमा ढुङ्गाले हानेर हत्या गरिएको र शवसमेत चिन्न नसक्ने अवस्थामा उनको शव भेटिएको थियो ।

कालोपुल बस्ने उनलाई कसैले ललाईफकाई वा प्रलोभनमा पारी दक्षिणकाली पुर्याएको हुनसक्ने आशंका गरिएको छ । जंगलको छेउमा रहेको सुनसान स्थलमा शव फेला परेका कारण चिनजानकै व्यक्तिले उनलाई त्यहाँ पुर्याएर हत्या गरिएको  हुनसक्ने आशंका गरिएको छ ।

उनले लगाएको कपडा र घटनास्थलमा फेला पारिएको केही सामानको आधारमा उनको शव पहिचान भएको हो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •