कवाडी वालाले किने तीन हेलिकप्टर, सारा शहर बासि अचम्म


लेखक : लेखापढी      ९ असार २०७८, बुधबार १७:०५ मा प्रकाशित     
कवाडी वालाले किने तीन हेलिकप्टर, सारा शहर बासि अचम्म

एजेन्सी- एक कवाडीवालाले एकैचोटी ३ वटा हेलिकप्टर ल्याएपछि हेर्ने र फोटो खिचाउनेको भिड लागेको छ । बिग्रिएका, भाँचिएका सामानहरु पुनः प्रयोगका लागि किनेर लैजाने कवाडीवालाले एक्कासी ३ वटा हेलिकप्टर ल्याएको देखेपछि मानिसहरु चकित परेका छन्। 

पंजाबको मानसाका एक कवाडीवालाले भारतीय वायुसेनाका ६ वटा कंडम हेलिकप्टर किनेका थिए । तीमध्ये २ वटा मानसामा ल्याएर राखेका छन् । अहिले यिनै हेलिकप्टर हेर्न मानिसहरुको लाइन लागेको भारतीय मिडियाले जनाएका छन् । यी हेलिकप्टरको तौल १० टन प्रति हेलिकप्टर छ र यी हेलिकप्टर लिलामीको माध्यमबाट बेचिएका हुन् ।

भारतीय वायुसेनाका ६ हेलिकप्टरमध्ये एउटा मुम्बइका व्यक्तिले किनेर लिएर गए । २ वटा हेलिकप्टर लुधियानाका एक व्यक्तिले किनेर लिएर गए । बाँकी ३ हेलिकप्टर मानसामा राखिएका छन् । मानसामा राखिएका यी हेलिकप्टर मानिसहरुको आकर्षणको केन्द्र बनेका छन् ।

३ हेलिकोप्टर मानसाका मिट्ठु कबाडियाले किनेका हुन् । मिट्ठु कबाडिया त्यस क्षेत्रमा कवाडी उठाउने कामका लागि प्रसिद्ध छन् । भारतीय सेनाका ग्राउण्डेड हेलिकप्टरहरु कवाडीमा किनेर मिट्ठु तीन वटा हेलिकप्टर लिएर मानसा पुगेपछि त्यहाँ हेर्ने मानिसहरुको भिड लागेको थियो ।

 मनासा सहरका मानिसहरुले हेलिकप्टर भित्र र बाहिर उभिएर फोटो खिचाउन थाले । सारा सहरका मानिसहरु खुसी भएको देख्दा कवाडीवालाको अनुहारमा पनि खुसी देखिनथ्यो । सहरमा एकातिर यी हेलिकप्टर मनोरन्जनका साधन बनेका छन् भने कवाडी परिवारका लागि पनि फाइदाको वस्तु बनेका छन् । होटल र पर्यटकीय क्षेत्रमा यी हेलिकप्टर राखेर मान्छे तान्ने काम पनि भइरहेको छ । हाल ति कवाडी वाला हेलिकोप्टर काटेर बेच्ने वा सजाएर राख्ने भन्ने कुरामा दुइमत रहेको देखिन्छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 99
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    99
    Shares