आज देखि फेसबुकमा पनि पोडकास्ट सुविधा सुरु


आज देखि फेसबुकमा पनि पोडकास्ट सुविधा सुरु

काठमाडौं । फेसबुकले आज मंगलबार देखि पाेडकास्ट (PODCAST) सुविधा सुरुगरेको छ । फेसबुक एपमै पोडकास्ट सुन्न र सुनाउन सकिने गरी कम्पनीले यो फिचर ल्याएको हाे । अहिले सर्वाधिक रुचाइएको अडियो प्रविधि फेसबुककाे न्युज फिडमा राख्दा प्रतिस्पर्धी कम्पनीका लागि चुनाैती हुने अनुमान गरिएकाे छ ।

फेसबुकमा पोडकास्ट पेज बनाएका क्रिएटरलाइ ईमेल पठाउँदै कम्पनीले जून २२ अर्थात्आज मंगलबारदेखि यो फिचर सुरू हुने जानकारी दिएको छ । तपाईंले हाल चलाइरहेको पेजमा पोडकास्ट एड गर्ने प्रक्रिया सजिलो रहेको कम्पनीले जनाएको छ ।

कुनै लिंक वा फाइल अपलोड नगरी आफूले चाहेको कुनै कार्यक्रम वा शोको आरएसएस फिड र केही सान्दर्भिक डेटा राखेर पोडकास्ट सुरु गर्न सक्ने जनाइएको छ । साथै कुनै पनि समयमा आफ्नो पोडकास्ट अनपब्लिस वा रिमुभ गर्न  सकिने समेत बनाएको छ।
https://www.facebook.com/Lekhapadhimedia