नेपाल एसोसिएसन – युएई द्वारा सदस्यता वितरण सुरुवात


लेखक : लेखापढी      ८ असार २०७८, मंगलवार १९:३६ मा प्रकाशित     
नेपाल एसोसिएसन – युएई द्वारा सदस्यता वितरण सुरुवात

युएई- युएईमा त्यहाको कानुन अनुरुप दर्ता भएको सामाजिक संस्था “नेपाल एसोसिएसन” (दुबई लाइसेन्स नम्बर : १०९) ले यहि २१ जून २०२१ देखी सदस्यता खुल्ला गरेको छ।
May be an image of ‎text that says '‎नेपाल एसोसिएशन, युए्ड सदस्यता वितरण शुरु नेपाल पसोसिएशन DubaLic.No.:109 Lic.No. Aasoo النيبالية सदस्यता समयावधी वर्ष सदस्यता फाइदाहरु निशुल्क पि.आर.ओ सेवा करिअर काउन्सिलिंग, कानूनी सेवामा लागने प्रशासनिक दस्तुरमा ५० प्रतिशत छुट, युएइमा जागिर खोज्नु परेमा प्रशासनिक दस्तुरमा ५० प्रतिशत छुट, नेपाली राजदूतावासबाट गर्नुपर्ने कामहरुमा (दस्तुर बाहेक) शून्य प्रशासनिक शुल्क, अलपत्र दुःख परेमा 9५ दिनको লাगি निशुल्क सेल्टर र उडानको व्यवस्था, महिलाहरुको लागि निशुल्क व्यक्तिगत काउन्सलिंग, निशुल्क अनलाइन कोर्षहरु, ट्रेनिंग सेमिनार, युएइका प्रमुख व्यवसायीक संस्थाहरुमा डिस्काउण्ट, युएइमा मृत्यु भए लाख नेपाली रुपैया बराबरको परिवारलाई क्षतीपूर्ती www.nepalassociation.ae info@nepalassociation.ae 04 264 7880 सदस्यता शुल्क ५० दिराम‎'‎

कामको शिलशिलामा युएईमा रहेका नेपालीहरुलाई आपत-बिपत अनि अन्य समयमा जानकारीमुलक साथ र समर्थन अनि सहयोग गर्ने उद्धेश्य अनुरुप कार्यरत रहेको यस संस्थाले २ बर्षको अवधि सहितको सदस्यता खुल्ला गरेको हो।

कोरोना महामारीका कारण एउटा इमिरेट्स देखि दुतावास भएको इमिरेट्स सम्म जानलाई PCR रिपोर्ट अनि चर्को यातायात भाडाको मारबाट जोगाउन उक्त संस्थाले नेपाली राजदुतावाससंगको समन्वय गरेर हाल सहयोग गर्दै आइराखेको छ। संस्था कम्युनिटी डेभलप्मेण्ट अथोरिटी – दुबई, युएइ अन्तर्गत युएइमा रहेको नेपाली समुदायलाई जिम्मेवार प्रवासी बनाउने लक्ष्य राखेर १८ डिसेम्बर २०१९ दर्ता भएको हो।

“नेपाल एसोसिएसन” आफ्नो आफ्नो ४ प्रमुख लक्ष्य सहित स्थापना भएको छ:
१-To be a pioneer partner of community development in UAE by providing innovative communal support.
२-To establish and provide long term service for the Nepalese community to improve their quality of life in UAE.
३-To help the Nepalese community to enhance their cultural quotient.
४-To secure the best environment, lifestyle, and support personal development.
नेपाल एसोसिएसनले आफ्नो सदस्य बने बापत आफ्ना सदस्यहरुलाइ संस्थागत रुपमै विभिन्न सहयोग गर्ने योजना समेत सार्बजनिक गरेको छ। संस्थाद्वारा जारि बिज्ञप्तिमा अनलाइन द्वारा सजिलै आबेदन दिन सकिने पनि जानकारी गराइएको छ।
फारम डाउनलोड गरि भरेर बुझाउन अनुरोध गरेको छ साथै बिस्तृत जानकारीको लागि भन्दै यी तिन नम्बरहरु पनि उपलब्ध गराइएको छ। १.+९७१५२८८४१५९१ २. +९७१५४५३३७५५७  ३.+९७१५२६६७०७७४
“नेपाल एसोसिएसन” बारे बिस्तृत जानकारीको लागि निम्न लिंकमा हेर्न सक्नुहुनेछ-
https://www.facebook.com/NepalAssociationNRNA

100% LikesVS
0% Dislikes
Spread the love !
  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares