लाटो रिस


[ss_social_share]
लेखक : लेखापढी      ७ असार २०७८, सोमबार ०६:२९ मा प्रकाशित     
लाटो रिस

कहिले लाटो रिसाए झैँ
प्रकृति रिसाउछ,
कहिले प्रकृति रिसाए झैँ 
लाटो रिसाउछ !
आखिर सधै- सधै
अन्याय खप्दैनन कसैले पनि 
लाटो होस वा प्रकृति 
रिसाउदा यसै गरि रिसाउछ !!

जसले रिस पोखे पनि 
आखिर रिसको आवेग उस्तै-उस्तै हो !

रिसको आबेगमा प्रकृति आफै 
कत्तिखेर कहाँ पहिरो बनेर खस्ने हो 
या बाढी बनेर बग्ने हो !
बिचरा प्रकृति आफैलाई पनि था’हुन्न  
जसरि लाटो सोझोलाई 
कत्तिखेर रिस उठ्छ उसैलाई था’हुन्न !!

थाहा त तिमीलाई पो हुनुपर्ने हो,
थाहा त हामीलाई पो हुनुपर्ने हो !
जसले रिस पोखे पनि, 
आखिर रिसको आवेग उस्तै-उस्तै हो !!


पदम शाही 
हाल: मलेशिया 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •