राजेन्द्र महतोलाई नयाँ पार्टी नेपालले सिंहदरबार प्रवेश निषेध भन्दै गेटमा पर्चा टासे


[ss_social_share]
लेखक : लेखापढी      ७ असार २०७८, सोमबार २०:२७ मा प्रकाशित     
राजेन्द्र महतोलाई नयाँ पार्टी नेपालले सिंहदरबार  प्रवेश निषेध भन्दै गेटमा पर्चा टासे

काठमाडौँ- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको नेपाली नागरिकता सम्बन्धि बिबाद कायम रहेको छ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँस गरिएको हो । पर्चामा लेखिएको छ– ‘नयाँ पार्टी, नेपालले दिएको समयसीमा भित्र आफु नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ ।– नयाँ पार्टी, नेपाल’

नयाँ पार्टी नेपालका प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकताबारे स्पष्ट पार्न समयसीमा दिइएको तर मन्त्री महतोले स्पष्ट नपारेपछि उनलाई सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताए ।

सोमबार दक्षिण गेट परिसरमा दुई जना व्यक्ति आएर पर्चा टाँसेका थिए । महतोले नागरिकता प्रमाणित नगरी सूचनाको जवाफ दिनुपर्ने ठाउँमा उहाँले रवाफ दिनुभयो । त्यही भएर हामीले कथित विदेशी नागरिक राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध पत्र टाँस गरेको नयाँ पार्टीका प्रबक्ताले बताए ।’

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •