कञ्चनपुरमा पुनः एक साता निषेधाज्ञा थपियो (आदेश पत्र सहित)


[ss_social_share]
लेखक : लेखापढी      ७ असार २०७८, सोमबार १५:५४ मा प्रकाशित     
कञ्चनपुरमा पुनः एक साता निषेधाज्ञा थपियो (आदेश पत्र सहित)

महेन्द्रनगरकञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार  असार १४ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ । अब सो अवधिमा सबै प्रकारका गोष्टी, सम्मेलन, तालिम, सेमिनार, पुस्ताकालय, संग्रालय, सिनेमा हल, दर्शक सहितको खेलकुद, मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ ।

यस्तै स्वास्थ्य सेवा, दुध डेरी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय बाहेक अन्य पसल व्यवसाय बिहान ६ बजे देखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ । निर्माण सामग्री तथा मालसामान ढुवानी, एम्बुलेन्स, दमकल, शव वाहन, सरसफाइ तथा अनुमति प्राप्त साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारीबाट आदेश जारी भएको छ ।

उद्योग, निर्माण तथा कृषि कार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।  विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी सम्बन्धित क वर्गको इलाका प्रहरी कार्यालयबाट अनुमति तथा पास जारी गर्ने भनिएको छ । यद्यपि विवाह तथा व्रतबन्धका लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न नपाइने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए । 

No photo description available.

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •