आइएमई लाइफ (IMELIFE) आईपीओ निष्काशन प्रकृयामा, ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त


[ss_social_share]
लेखक : लेखापढी      ७ असार २०७८, सोमबार २२:३४ मा प्रकाशित     
आइएमई लाइफ (IMELIFE) आईपीओ निष्काशन प्रकृयामा, ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी (IMELIFE) ले आईपीओ (IPO) निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ प्रदान गर्ने कम्पनीका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी रहेको जनाएको छ ।

कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्कासनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

हाल कम्पनीले १२० वटा शाखा कार्यालयबाट बिमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीमा १८ हजारभन्दा धेरै अभिकर्ताहरू आबद्ध रहेका छन् । कम्पनीले चार वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । 

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्कासनपछि संस्थापक सेयरधनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।
कम्पनीमा ग्लोबल आइएमइ बैंक, आईएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहहरूको लगानी रहेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •